बिसाैँ शताब्दीकाे सिपाही सँग ।
बुवा नमस्कार , यहाँ क.पुष्पलाल स्मृति प्रतिष्ठानमा क.पुष्पलाल सम्बन्धित
किताबहरू पाइदैँनन अनि हामीले अध्ययन गर्ने पाउने ब्यबस्था के छ ?हामीले पाउने ब्यबस्था छैन बाबू तर नेताहरूले चाहिँ पाउँछन् ।बुवाकाे बुझाइ साधारण थियाे। सायद बुवाकाे जिवनमा राजनितिले खासै ठाउँ लिन पाएन क्यारे,अरू कुरा गर्न चाहिन सम्बन्धित ब्यक्ति सँग बुझ्नु पर्ला भनेर यसैमा कुराे टुङ्गाइ उहाँको ब्यक्तिगत जिवनमा प्रवेश गरे ।
उहाँकाे नाम गाउँ घरमा चाहिँ सिताराम केसी(न्याैपाने) रे पल्टनमा चाहिँ
मीन बहादुर केसी । ८० बर्षिय बृद्ध तर अाज पनि जाेश जागँर उस्तै १८ बर्षकाे
जवान जस्तै कुरा गर्ने शैली एक सिपाही जस्ताे । जन्म वि.स.१९९५, स्थायी
ठेगाना किर्तिपुर नगरपालिका मच्छेगाउँ , उहाँले थाहा पाए अनुशार उहाँका
धेरै पुस्ता यसैँ ठाउँमा बस्दै अाएका । २ बर्ष अगाडि जीवन साथी गुमाउनु भएछ
। तिन छाेरा, जेठाे र माइलाे ब्यबसायी , कान्छाे चाहिँ नेपाली सेना । मेरा
प्रश्नले अझै ठाउँ पाए जब उहाँले अाफु भुतपुर्व नेपाली सेनाकाे सदस्य हुँ
भनेर भन्नुभयाे । वि.स. २०१५ सालमा नेपाली सेनामा प्रवेश गर्नुभएछ। तालिम
पछिकाे युनिट (माेदर युनिट) फष्ट राइफल गण । करिब २६ बर्ष ९ महिना सेवा
गरिसकेपछि ४२ सालमा हबल्दारमा पेन्सन अाउनु भएछ । पेन्सन पछि पनि घरमा बस्न
मन लागेन अनि भाेटाहिटीमा गार्डकाे नाेकरि गरे उहाँले सुनाउनु भयाे ।
नेपाली सेनाकाे त्याे बेलाकाे ब्यबस्था बारे धेरै प्रश्नहरू साेधे अनि
जानकारी पनि पाए । उहाँले भने अनुशार पहिले नेपाली सेनाकाे जमदार र
सुबेदारकाे दर्जानी चिन्ह अहिलेकाे भन्दा ठिक विपरीत थियाे रे । जमदारकाे
चन्द्रमा , सुबेदारकाे सुर्य । याे ४२ साल पछि परिबर्तन गरेर जमदारकाे
सुर्य , सुबेदारकाे चन्द्रमा बनाइएकाे हाे रे । भन्दैहुनुहुन्थ्याे । मैले
जागिर खाने बेला मेराे तलब ३० रूपियाँ थियाे । कपाल काटेकाे १ माेहाेर
तिर्नुपर्थ्याे । यताउता गरेर २९ रूपियाँ हातमा पर्थ्याे ताे जमानामा त्याे
धुमाउने वाला फाेन हुन्थ्याे । त्याे पनि कहाँ सिपाहीले छुन पाउनु हाकिमले
मात्र बावु । खाना पनि मिस्टिनमा नापेर खानुपर्थ्याे। लामाे एक सासमा
गर्वका साथ भन्नुभयाे हामीले थ्रि नट थ्रि राइफललाइ काँधमा राखेर ड्रिल
खेल्थ्याै डुङ्डुङडुङ।
धेरै दु:ख थियाे साथमा रमाइलाे पनि हुन्थ्याे ।यस्तै यस्तै धेरै राेचक
कुरा । म सुन्दै जान्थे उहाँ भन्दै बिच बिचमा मेरा प्रश्नहरू हुन्थे ।
करिब १ घण्टाकाे मिठाे कुराकानि पछि फेरि भेट्ने वाचाका साथ म बिदाँ भए । तर त्याे एकघण्टाकाे कुराकानिले धेरै साेच्ने बाध्य बनायाे ।शरीर सितिल थियाे मन मस्तिष्क धेरै चलायमान भइदियाे ।मान्छेहरू
प्रभाबबाट प्रभावित हुन्छन । म प्रताडित थिए । एउटा तेस्ताे अनुभब जुन
मेरा लागि नाैलाे थियाे । म नेपाली सेनाकाे असल शुभचिन्तक सायद तेसैले पनि
हाेला म अरू भन्दा धेरै नै प्रताडित भए ।प्रताडित हुनुकाे अभ्यास विगत र बर्तमान नेपाली सेनाकाे अबस्थाबाट नै थियाे
। साच्चै नेपाली सेना महान छ । अाेहाे कहाँ याे सेना अहिलेकाे सेना हाे त ।
याे त बि.स. १६१६ भाद्र २५ मा द्रब्य शाहले गठन गरेकाे लिगलिगेकाेटकाे
सेनाकाे बिस्तारित रूप पाे त ।साच्चैँ बिसाैँ शताब्दीकाे सिपाही एक कुशल याेद्दा सिताराम बुवालाई सलाम । बाँकि अर्का भेट पछि.............।